धनगढी – बाजुरामा संघ र प्रदेशको मतगणना पुनः सुचारु भएको छ। प्रतिनिधि सभाको बिहानबाट रोकिएको थियो भने प्रदेश सभाको दिउँसोबाट गणना स्थगित भएको थियो।

दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ। राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

हिमाली गाउँपालिका–६ धिममा मुचुल्का भन्दा ३० मत बढी आएपछि विवाद भएको थियो। नेकपा एमालेले विरोध जनाएको थियो।

प्रदेश सभा ‘ख’ प्रदेशको मतगणनामा बुढिगंगा–३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेको थियो, तर कर्मचारीले कम्पुटरमा इन्ट्री गर्दा २ सय ५० भएको पाइएपछि विवाद भएको थियो। सहमतिपछि पुनः मतगणना सुरु गरिएको हो।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्