गाउँपालिका शिक्षा शाखा प्रमुख ढकालमाथि हातपात

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको कार्यालयमा कार्यरत शिक्षा शाखाका प्रमुख मनदत्त ढकालमाथि हातपात भएको छ। कार्यालयमा काम गरिरहेका बेला स्थानीय युवा आएर हातपात गरेका हुन्।

प्रमुख ढकालले बिहीबार आफू कार्यालयमा काम गरिरहेका बेला अचानक अदानचुुली गाउँपालिका– ५ को काँखे गाउँका यमराज शाही कार्यालयमै आएर हातपात गरेको जानकारी दिए।

उनले काँखे गाउँको काँखे प्राविमा रिक्त रहेको शिक्षक दरबन्दीको सिफारिस गर्न शाहीले आदेश दिएको र आफूले वडाको सिफारिस र विद्यालयको निर्णय ल्याउन भनेपछि आफूमाथि हातपात भएको बताए।

उनले आफूले आवश्यक कागजात आए शिक्षा विकास तथा समन्वय एकाइलाई तत्काल सिफारिस गर्ने भन्न के पाएको जवाफमा शाहीले आफूमाथि हातपात गर्नुका साथै टेबलमा रहेका कागजातसमेत च्यातेको बताए।

शाहीसँग अन्य तीन जना काँखे गाउँकै युवा आएपछि उनीहरूलाई सम्झाएपछि केही गरेका थिएनन्। उनले आफूमाथि भएको हातपातविरुद्ध गाउँपालिकाको न्यायिक समिति र प्रहरीमा उजुुरीसमेत दिएको बताए।

दुुवै निकायले आवश्यक दुवै पक्ष बोलाएर छलफल गर्ने जवाफ दिएको बताउँदै दिउँसै कार्यालयमा आएर काम गर्ने कर्मचारीमाथि हातपात हुनुु निन्दनीय कार्य भएको सुनाए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्