हातहतियारसहित एक जना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ – प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ बस्ने हंसराज लिम्बूका छोरा नवीनकुमार नाल्बोलाई पक्राउ गरिएको हो। उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बूको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ।

निजलाई पक्राउ गरी अपराधसँग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लाष्टिकको पोका एक थान, सेतो बट्टामा समेत बारुद रहेको गन पाउडर एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ वटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बटजस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरिएको छ।

उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दाअन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीले जनाएको छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्