नेपाल फर्किने तयारीमा सुलभ खड्का

काठमाडौँ – बेलायत अध्ययन गर्न जाँदा बोर्डर फोर्सले नियन्त्रणमा लिँदा विश्वविद्यालय भर्ना हुन नपाएका सुलभ खड्का नेपाल फर्किने भएका छन्।

योर्क सेन्ट जोन विश्वविद्यालयमा अध्ययनका लागि गएका खड्का बोर्डर फोर्सले नियन्त्रणमा लिएपछि एक हप्ता ढिलो विश्वविद्यालयको सम्पर्क पुगेका थिए।

जसका कारण उनलाई बेलायतस्थित दूतावासले कोसिस गरे पनि विश्वविद्यालयले अस्वीकार गरेपछि उनी घर फर्किने भएका हुन्। दूतावसले उनी अध्ययनका लागि त्यहाँ जाँदा लागेको खर्च फिर्ता हुने जनाएको छ।

दुव्र्यवाहार सार्वजनिक भएपछि सरकारले बेलायतसँग छलफल गरेको थियोे।

नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे परराष्ट्रले माग्यो बेलायतसँग जवाफ

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्