मोटरसाइकल चोरी गर्ने ग्याङ्ग प्रहरीको नियन्त्रणमा

जनकपुरधाम – जनकपुरधामसहित धनुषामा सक्रिय रहेको मोटरसाइकल चोरी गर्ने ग्याङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको विभिन्न स्थान तथा समयमा चोरी गरेको मोटरसाइकलसहित ७ जनाको ग्याङ्ग पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले चोरी भएको ५ वटा मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिलाबिहारी नगरपालिका ६ वस्ने ३० वर्षीय मनोहर कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने २१ वर्षीय रूपेश यादव, वडा नं १६ बस्ने १९ वर्षीय गुलशन नदाफ, वडा नं १५ बस्ने २२ वर्षीय भरत साह, महोत्तरीको बलवा नगरपालिका ५ बस्ने बिक्की कुमार यादव, वडा नं ४ बस्ने २६ वर्षीय विवेक कुमार झा र सिरहाको कल्यानपुर नगरपालिका ५ घर भई हाल जनकपुरधाम बस्ने १९ वर्षीय नितेश यादव छन् ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्