मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छः प्रमुख आयुक्त थपलिया

फाइल तस्बिर।

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताएका हुन्।

उनले मंसिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे। त्यसपछि राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश हुने उनले बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए। उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरे।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्