केही स्थानमा आंशिक बदली, अधिकांश स्थानको मौसम सफा रहने

काठमाडौँ – देशका केही स्थानमा आंशिक बदली भइ अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

तराई भू–भागमा हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी मौसमविदले आग्रह गरेका छन् ।

मंसिर १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्