सर्लाहीमा २०२ जना उम्मेदवारमध्ये ३८ जनाले बचाए जमानत

जनकपुरधाम- मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सर्लाहीमा उम्मेदवार बनेकाहरूमध्ये ३८ जनाले मात्र आफ्नो जमानत बचाउन सकेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा गरी २०२ जना उम्मेदवार बनेकोमा ३८ जनाको जमानत बचेको जिल्ला निर्वाचन कार्यालय, सर्लाहीले जनाएको छ।

जमानत बचाउनेमा राजनीतिक दलका ३० र ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस्तै, १६४ जनाको जमानत जफत भएको हो। जमानत जफत हुनेमा ६३ जना राजनीतिक दलका र १०१ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

प्रतिनिधिसभातर्फ चारवटै क्षेत्रबाट ६९ जना उम्मेदवार रहेकोमा ११ जनाले आफ्नो जमानत बचाउन सफल भएका छन्। यस्तै, प्रदेशतर्फ १३३ जना उम्मेदवार रहेकोमा २७ जनाले आफ्नो जमानत बचाउन सकेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा १९ जनाले उम्मेदवार रहेकोमा ५ जना राजनीतिक दलका र ११ जना स्वतन्त्रगरी १६ जनाको जमानत जफत भएको छ।

यस्तै, क्षेत्र नं. २ मा १७ जना उम्मेदवार रहेकोमा ६ जना राजनीतिक दल र ८ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ।

क्षेत्र नं. ३ मा १३ जना उम्मेदवार रहेकोमा ५ जना राजनीतिक दल र ६ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।

क्षेत्र नं. ४ मा २० जना उम्मेदवार रहेकोमा १० जना राजनीतिक दल र ७ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो।

यस्तै, प्रदेश तर्फ क्षेत्र नं. १ को (१) मा १५ जना, (२) मा ७ जना, क्षेत्र नं. २ को (१) मा ७ जना (२) मा १४ जना, क्षेत्र नं. ३ (१) मा १४ जना (२) मा १६ जनाको जमानत जफत भएको छ।

यस्तै, क्षेत्र नं. ४ (१) मा १६ जना र (२) मा १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

यस जिल्लामा निर्वाचित भएका प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ जना बाहेक २६ जनाले आफ्नो जमानत बँचाउन सकेका छन्।

 

मंसिर १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्