भाजपाले चुनावी फाइदाकाे लागि मेराे बयानकाे दुरुपयोग गरिरहेकाे छ: मल्लिकार्जुन खडगे

भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले भारतीय जनता पार्टीले चुनावी फाइदाकाे लागि आफ्नाे बयानकाे दुरुपयाेग गरिरहेकाे आराेप लगाएका छन्।
खडगेले भने, ‘उनीहरू यसकाे दुरुपयाेग चुनावी फाइदाका लागि गरिरहेका छन्। हाम्राे लागि राजनीतिकाे मतलब व्यक्तिवाद हाेइन। याे नीतिकाे बारेमा हाे। उनीहरू यसलाई केवल एक व्यक्तिसँग जाेडेर देखिरहेका छन्, जुन कुरा जता पनि छ।’
यसभन्दा पहिला गुजरातमा एक र्यालीका दाैरान अध्यक्ष खडगेले प्रधानमन्त्री माेदीकाे तुलना रावणसँग गरेका थिए।
‘प्रधानमन्त्री बाेल्छन् कि अरू कसैलाई देखेर भाेट नदेऊ। माेदीलाई देखेर भाेट देऊ। कति पटक तिम्राे अनुहार हेर्नु? कर्पाेरेसनमा पनि तिम्राे अनुहार देख्नुपर्छ। विधानसभा चुनाव, संसदीय चुनावमा पनि देख्नुछ। के तपाईंकाे रावणकाे जस्ताे सय मुख छन्? मैले बुझ्न सकेकाे छैन’, कांग्रेस अध्यक्ष खडगेले आफ्नाे भाषणमा भनेका थिए।
भाजपाले खडगेकाे यस बयानलाई लिएर अनुचित बताउँदै गुजरातमा उभिएर यस्ताे गर्नु ठीक नभएकाे जनाएकाे थियाे।