इरानमा हालै भएको सरकार विरोधी प्रदर्शनका क्रममा २०० जनाभन्दा बढीको मृत्यु

तेहरान – इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दंगा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गराएको छ।

‘सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ,’ परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हताहत हुनेमा सुरक्षा अधिकारी, सर्वसाधारण, प्रदर्शनकारी र विद्रोही समूहका सत्ताविरोधी सशस्त्र व्यक्ति रहेका छन्।

परिषद्ले २२ वर्षीया महसा अमिनीको मृत्युपछि भड्किएको ‘दंगा’, नागरिक विरोध नभइ ‘विनाश र हिंसा’ भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यवस्थामा खलल पुर्‍याउने र कुनै पनि तह र स्थानमा हुने गैरकानुनी जमघटलाई निर्णायक र सहनशीलताबिना सम्बोधन गरिनेछ।

गत सेप्टेम्बरमा तेहरानको एक प्रहरी चौकीमा बिरामी भएको केही दिनपछि अमिनीको तेहरानको एक अस्पतालमा मृत्यु भएको थियो। सुरुमा उनको गृह प्रान्त कुर्दिस्तानमा सुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरहरूमा फैलिएको थियो। –रासस/सिन्ह्वा

मंसिर १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्