दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल सुरु गरिने

दक्षिण अफ्रिकाको सत्तारूढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्दैछ।

रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य पार्न दवाव बढिरहेको छ।

अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले आफ्नो राष्ट्रिय कार्यकारिणी समितिको विशेष अधिवेशन आइतबारका लागि बोलाएको हाे।

समितिले शुक्रबार जोहानेसबर्गमा संक्षिप्त बैठक बसी पत्रकारहरूलाई राष्ट्रपतिविरुद्धको मुद्दाको तथ्यलाई अझ नजिकबाट नियाल्ने बताएको थियो।

पूर्व गुप्तचर प्रमुखले सन् २०२० को फेब्रुअरीमा उत्तरपूर्वी दक्षिण अफ्रिकामा रहेको रामाफोसाको फार्ममा भएको चोरीको घटना प्रहरीबाट लुकाएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

रामाफोसाले लुटेराहरूलाई अपहरण गर्न र घूस दिई चुपचाप बस्न लगाएको आरोप लगाइएको छ।

रामाफोसाका अनुसार फार्ममा थुप्रिएको ठूलो रकम सुडानी व्यापारीले किनेको भैँसीको भुक्तानी हो।

रामाफोसाले आफ्ना पूर्ववर्ती ज्याकोब जुमाको भ्रष्टाचारमुक्त युगपछि आफूलाई भ्रष्टाचारमुक्तको रूपमा चित्रित गर्ने प्रयासमा यो प्रकरणले छायाँ पारेको छ।

रामाफोसाले कानुनको गम्भीर उल्लङ्घन र दुव्र्यवहार गरेको हुन सक्ने निष्कर्षसहितको प्रतिवेदन बुधबार संसदमा पेश गरिएकाे छ। उक्त प्रतिवेदनको आगामी मङ्गलबार संसदले समीक्षा गर्नेछ।

यो बहसले रामाफोसालाई महाभियोग लगाउने विषयमा मतदानको बाटो खोलिदिन सक्छ, जुन शब्द दक्षिण अफ्रिकामा पदबाट हटाउनु हो। यद्यपि रामाफोसाले प्यानललाई बुझाएको निवेदनमा कुनै पनि गलत काम नभएको बताएका छन्।

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्