पूर्वप्रधानमन्त्री इमरान खान भन्छन्- जनरल बाजवाकाे कार्यकाल बढाउँदा ठूलाे गल्ती गरेँ

फाइल तस्बिर।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले २०१९ मा पूर्वसेना प्रमुख जनरल कमर जावेद बाजवाकाे कार्यकाल थप तीन वर्षका लागि बढाउँदा आफूले ठूलाे गल्ती गरेकाे बताएका छन्।

पाकिस्तानकाे एक टिभी च्यानललाई अन्तर्वार्ता दिने क्रममा पिटिआई प्रमुखले यस्ताे बताएका हुन्।

सेनामा कसैकाे पनि कार्यकाल बढाउन नहुने उनकाे भनाइ छ।

सेना प्रमुखकाे रूपमा कार्यकाल बिस्तारपछि जनरल बाजवाले अन्य दलसँग कुराकानी गर्न सुरु गरेकाे खानकाे आराेप छ।

उनले साढे तीन वर्षपछि बल्ल जनरल बाजवामाथि भरोसा गर्नु आफ्नाे कमजाेरी रहेकाे बुझेकाे बताए।

प्रधानमन्त्री खानले भने,’मलाई लाग्याे देश बचाउन उनले जेजे भन्छन् मैले त्यहीँ मानेँ। मलाई थाहा थिएन उनले कसरी धाेका दिए। मबाट कसरी झुट बाेलियाे।’

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्