सलोनको ‘राजारानी’ सार्वजनिक

काठमाडौँ – अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ।
म्युजिक भिडियो काठमाडौंमा एक कार्यक्रमबीच आइतवार सार्वजनिक भएको हो। ४ मिनेट ३५ सेकेण्ड लामो गीत र भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहारस्वरुप दिएका हुन्।

कार्यक्रममा अभिनेता बस्नेतले विवाहको उपहारस्वरुप पाएको गीत एकदमै राम्रो भएको बताए। उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै राम्रो र धेरै मन पराउने आशा गरेको बताए।

आएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरु देखाइएको छ। गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने उनलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन्। अभिनेता बस्नेतले एयर होस्टेज करिष्मा केसीसँग गत मंसिर १२ गते विवाह गरेका थिए।

 

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्