दोलखामा माओवादीका कार्कीले फेरि अग्रता लिए

काठमाडौँ – दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन्।

हालसम्म ४९ हजार ६ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

सुरुमा कार्कीले अग्रता लिए पनि पछि शिवाकोटीले पछि पारेका थिए।

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्