माधव नेपाल भेट्न कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौँ – एमाले परित्याग गरेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपालसँग कुराकानी गरेका हुन्। नेकपाको अन्तरसंघर्ष र त्यसअघिदेखि माधव नेपाल समूहमा रहेका भुसाल १० बुँदे सम्झौता गरेर एमालेमै रहेका थिए।

नेपालले पार्टी विभाजनका क्रममा साथ दिन जोड गरे पनि उनी एमालेमै रहने निर्णयमा पुगे। मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिए पनि पराजित भए।

चुनावी परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाल स्रोतका अनुसार दुई नेताबीच भावी राजनीतिक यात्राबारे कुराकानी भएको छ।

मंसिर १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्