कार्यालय परिसरको फोहोर आफै व्यवस्थापन गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेकाे छ।

महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नाे कार्यालय परिसरकाे फाेहाेर ३५ दिनभित्रै आफैँले व्यवस्थापन गर्न आग्रह गरेको हाे।

साथै, सूचना प्रकाशित गरेकाे समयसीमाभित्र फाेराेर व्यवस्थापन नगर्ने कार्यालयलाई महानगरले कारवाही गर्ने चेतावनी समेत दिएकाे छ।

‘अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत् सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।

पढ्नूहाेस् पूरा सूचना:

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्