मोलुङ हाइड्रोले आइपीओ बिक्री गर्न बोर्डबाट पायाे अनुमति

सांकेतिक तस्बिर।
काठमाडौँ – मोलुङ हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्नका लागि मोलुङले बाेर्डद्वारा अनुमति पाएकाे हाे।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेकाे यस आइपीओकाे बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएकाे छ।