चाेलेन्द्रले भने- ‘म हाजिर हुन सर्वाेच्च ‍जाँदैछु’

काठमाडाैँ – महाअभियाेग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जवरा आज सर्वाेच्च फर्किने भएका छन्।

महाअभियाेगका कारण निलम्बनमा परेका उनकाे मुद्दा तत्कालिन संसद्काे कार्यकाल सकिएपछि हालकाे संसद्ले निर्णय नगरेर यथास्थतिमा राखेकाे थियाे।

अघिल्लाे संसद्काे कार्यकाल सकिएसँगै उनीमाथि लागेकाे महाअभियाेग पनि निष्क्रिय भएकाे भन्दै संसद सचिवालयबाट पत्र आएपछि आफू पुन:नियमित काममा सर्वाेच्च फर्किन लागेकाे जवराले देशसञ्चारलाई जानकारी दिए।

‘पहिलेकाे संसदकाे कार्यकाल सकियाे र मलाई अहिलेकाे संसद् सचिवालयले तपाईँकाे महाअभियाेग निष्क्रिय भयाे भनेर पत्र पठायाे।’ उनले देशसञ्चारसँग भने,’त्यसैले म आज सर्वाेच्चमा हाजिर हुन जाँदैछु।

उनकाे कार्यकाल मंसिर २८ सम्म छ।

यस्तै, संसद् सविवालयका सचिव ध्रुव घिमिरेले भने देशसञ्चारसँग केही केही बाेल्न चाहेनन्।

आफू‍ विदामा भएकाे र यसबारे केही जानकारी नभएकाे भन्दै उनी पन्छिएका छन्। ‘मलाई केही जानकारी छैन म केही दिनदेखि विदामा छु।’ उनले भने।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्