चोलेन्द्र सर्वोच्चमा हाजिर हुने भएपछि बार आकस्मिक बैठकमा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै बुधबार सर्वोच्चमा हाजिर हुने भएका छन्।

जवरा दिउँसो ३ बजे हाजिर हुने तय भएको छ। उनले आफू दिउँसो ३ बजे हाजिर हुनेबारे सर्वोच्च अदालतको प्रशासनलाई जानकारी गराएका छन्।

जवरा सर्वोच्चमा हाजिर हुने भनेसँगै यसअघि उनको प्रवेशमा अवरोध गर्न सर्वोच्चको गेटमा धर्ना बसेको नेपाल बारको आकस्मिक बैठक बसेको छ।

आकस्मिक बैठकले जवराको सर्वोच्च प्रवेशमा के गर्ने भन्नेबारे निर्णय लिने बारका महासचिव अन्जिता खनालले देश सञ्चारलाई जानकारी दिईन्।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्