राजधानी कार्यान्वयन गर्ने मुख्यमन्त्री केसीलाई दाङमा सम्मान(तस्बिरसहित)

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई दाङमा स्वागत तथा सम्मान गरिएको छ।

लुम्बिनी प्रदेशकाे स्थायी राजधानी दाङमा कार्यान्वयन गरेकाे भन्दै केसीलाई जिल्ला समन्वय समिती दाङले स्वागत तथा सम्मान गरेकाे हाे।

अस्थायी मुकाम बुटवलबाट राजधानी सारेकाे भन्दै बुटवलमा आलाेचना भइरहँदा मुख्यमन्त्री केसीलाई दाङमा सम्मान गरिएको हाे।

स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय राप्ती गाउँपालिका-३ मसुरियामा स्थापना गरिएको छ। बुटवलमा रहेकाे अस्थायी मुकाम राजधानीमा स्थानान्तरण गरिएको हाे।

दुई वर्षअघि प्रदेश सभाकाे दुई तिहाइ बैठकले २०७७ असाेज २० मा निर्णय पारित गरेकाे थियाे।

राजधानी कार्यान्वयनलाई उत्साहकाे रूपमा लिन जिल्ला समन्वय समितिले मुख्यमन्त्री केसीकाे उपस्थितिमा स्थानीय तहका प्रमुख/उपप्रमुखकाे सहभागीतामा बैठक बसेकाे छ।

थप तस्बिरहरू:

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्