सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरूको धर्ना(फाेटाेफिचर)

काठमाडौँ – नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन्।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन्।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। लगतै जवराले सर्वोच्च फर्किने तयारी गरेका छन्।

थप तस्बिरहरू:

 

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्