संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले पठाएको निलम्बन फुकुवाको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र टीकाराम भट्टराईले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
संसद सचिवालयका महासचिव भरतराज गौतमले जबरालाई निलम्बन फुकुवाको पत्र पठाएपछि कानुन व्यवसायीहरु आन्दोलित भएका छन्।
संसद सचिवालयको पत्र पाएपछि जबराले बुधबार नै सर्वोच्च फर्किने तयारी गरेका थिए। उनलाई रोक्न कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्नासमेत दिएका छन्।
यस्तै, नेपाल बार एशोसियसनले संसद सचिवालयको उक्त पत्र कानुनविपरीत भएको भन्दै आपत्ति जनाएको छ। साथै महासचिव गौतमलाई कारबही गर्न पनि बारले माग गरेको छ।