आकाशमा चीलसँग ठोकिएको तारा एयरको जहाज सिमकोट विमानस्थलमै रोकियो

सिमकोट – बुधबार मध्याह्न चीलसँग ठोकिएर क्षति पुुगेको तारा एयरको जहाज सिमकोट विमानस्थलमै रोकिएको छ। क्षति पुुगेको भागको मर्मत नगरेसम्म जहाज सिमकोट विमानस्थलमै रोकिने भएको हो।

प्रहरी निरीक्षक दीपक मल्लले आकाशमा चीलसँग ठोकिएर क्षति पुुगेको तारा एयरको जहाज मर्मत नहुँदासम्म सिमकोटमै रोकिने बताए।

उनले बिहीबार काठमाडौंबाट प्राविधिक टोली आएर मर्मत कार्य सुुरु हुने बताए। मर्मत गर्न कति दिन लाग्ने हो, त्यसको भने यकिन छैन।
सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्रभागमा क्षति भएको थियो।

नेपालगञ्जदेखि हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर फिर्ता हुने क्रममा नाइन एन–एकेल कलसाइन भएको तारा एयरलाइन्सको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा उडेको करिब दुुई मिनेटपछि चीलसँग ठोकिएको हो।

नोजमा चिल ठोकिँदा जहाजको नोचभित्र चील पसेको थियो। चील नोचभित्र पसे पनि जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो। मानवीय क्षति भने भएको छैन। जहाजमा तीन जना यात्रुुसमेत थिए। यो तारा एयरको तेस्रो उडान हो।

मंसिर २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्