काठमाडाैँ – सरकार र नेपाल राष्ट्र बैंकका नीतिका कारण आफूहरू मारमा परेकाे भन्दै अटोमोबाइल व्यवसायीहरूले शान्तिपूर्ण विराेध तथा धर्ना गरेका छन्।

आज बिहीबार व्यवसायीहरूले माइतरघर मण्डलामा पुगेर सरकार र राष्ट्र बैंकविरुद्ध आन्दाेलनका साथै धर्ना समेत दिएका हुन्।

सरकारले माैद्धिक नीती नियन्त्रण गरी उचित व्याजदर निर्धारण नगरेका कारण आफूहरूले गरिखान नपाएकाे आन्दाेलनमा सहभागीहरूकाे आराेप छ।

लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि अटोमोबाइल व्यवसायीहरूले सरकार र राष्ट्र बैंकलाई दबाब दिइरहेका छन्।

विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रूपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला छ।

राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ। यसैकाे विराेधमा व्यवसायीहरू आन्दाेलनमा उत्रिएका हुन्।

आन्दाेलनमा सहभागीहरूले पाखुरामा कालाे फेटा बाध्नुका साथै कालै रङकाे व्यानर र पम्प्लेट समेत बाेकेका छन्।

थप तस्बिरहरू: