देउडा गायक जैसी र भण्डारी सम्मानित

सिमकोट – जिल्ला देउडा गायन क्षेत्रमा नाम कमाएको देउडा गायकद्वय सम्मानित भएका छन्। देउडा गीतबाटै जनचेतनामूलक सन्देश दिएर समाजलाई परिवर्तन गर्न सहयोग गरेको भन्दै खार्पुनाथ गाउँपालिकाले उनीहरूलाई सम्मानित गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुुर शाहीले जिल्लाभरिमा देउडा गीतमा नाम कमाएका देउडा गायकद्वय भानुुभक्त जैसी र अर्जुन भण्डारीलाई सम्मान गरिएको बताए।

उनले पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रमको अवसर पारेर देउडा गायकद्वयलाई सम्मान गरिएको बताए। देउडा गायकद्वयले जिल्लाभरि देउडा गीत गाएर जनचेतनामूलक सन्देश दिने, जिल्लाको देउडा गीत संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो।

सम्मानित भएपछि देउडा गायक जैसीले आफ्नो कलाको गाउँपालिकाले सम्मान गरेकोमा धन्यवाद दिए।

गाउँपालिकाको यो कार्यले देउडाको संरक्षणमा लाग्न प्रेरणा मिलेको बताए। उनलाई दोसल्ला ओढाएर, सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्