मौलिक संस्कृतिलाई बिर्सिए पाश्चात्य संस्कृतिको हाबी हुन्छः मन्त्री रेग्मी

फाइल तस्बिर

काठमाडौँ – भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको सालिक अनावरण गरिएको छ। भृकुटीको सालिक निर्माण गरी आजबाट भृकुटी फन पार्क उद्घाटनका साथै सालिक अनावरण गरिएको हो।

सालिक अनावरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेकी हुन्। सालिक अनावरणपछि मन्त्री रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताइन्।

उनले राष्ट्रिय विभूतिहरूलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि बताइन्। मन्त्री रेग्मीले संस्कृतिलाई बिर्सिन थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरक्षणमा जुट्न आग्रह गरिन्।

उनले भने, ‘संस्कृतिलाई हामीले जगेर्ना गर्ने हो भने संस्कृति मासिन्छ। राष्ट्रिय विभूतिलाई चिनाउनु हाम्रो कर्तव्य हो। संस्कृतिलाई बिर्सिन थाले हाम्रो देशमा पाश्चात्य संस्कृतिको मात्रै पेलेर अघि बढ्छ। त्यसैले विभूतिको सम्झनामा ग्रन्थ लेख्नुपर्छ। चिनाउने गर्नुपर्छ। हरेक संस्कृतिको धरोहरको खोजी गरेर आफ्नो संस्कृतिको खोजी गर्नुपर्छ।’

मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरको खोजी गरी संरक्षण संवद्र्धनमा लाग्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्