बलात्कार प्रयास आरोपमा अवकाश प्राप्त सैनिक पक्राउ

सांकेतिक तस्बिर

मोरङ – लेटाङ नगरपालिकामा बलात्कार प्रयास आरोपमा अवकाश प्राप्त सैनिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ २ का ४५ वर्षीय भीम मल्ललाई बुधबार राति घरबाट प्रहरीले पक्राउ गरेको हो।
आफ्नै आफन्तकी १४ वर्षीया छोरीलाई लालनपाल तथा संरक्षणका लागि घरमा राखेका मल्लले बलात्कारको प्रयास गरेको खुलेको हो।
बालिकालाई बलात्कारको प्रयास गरेको जनाउदै किटानी जाहेरी परेपछि प्रहरीले नेपाली सेनाका अवकाश प्राप्त हवल्दार मल्ललाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार घरमा कोही पनि नभएको मौका छोपेर बालिकालाई बारम्बार बलात्कारको प्रयाय गर्दै अश्लील भिडियो देखाउने गरेका थिए।

प्रहरीले पक्राउ परेका मल्लविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्टले जानकारी दिए।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्