सिमकोट साक्षर गाउँपालिका घोषणा गरिने

सिमकोट – साक्षर गाउँपालिका घोषणा गर्न सिमकोट गाउँपालिकाले आठ वटै वडामा सहजकर्तालाई अभिमुुखीकरण प्रदान गरेको छ। प्रौढ कक्षा सञ्चालन र साक्षर गाउँपालिका घोषणा गर्न तय भएका मापदण्डबारे जानकारी दिन सहजकर्तालाई अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँपालिकाको कार्यालयका शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यले प्रौढ कक्षा सञ्चालन गर्न र साक्षर गाउँपालिका घोषणा गर्न तय गरिएका मापदण्डबारे जानकारी गराउन छनोट भएका सहजकर्तालाई अभिमुुखीकरण गरिएको बताए।

सहजकर्तामा ४१ जना नयाँ वडास्तरबाट छनोट गरिएको छ भने चार जना सामुुदायिक सिकाइ केन्द्रका सहजकर्ता गरी ४५ जनालाई अभिमुखीकरण प्रदान गरिएको हो।

अभिमुुखीकरण पाएपछि सहजकर्ताले यो अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। सहजकर्तालाई अभिमुुखीकरण दिने कार्य भएको र अब पुस १ गतेबाट ४५ वटा प्रौढ कक्षा सञ्चालन हुनेछ। सहजकर्ताले अब सञ्चालन हुने कक्षा तीन महिनाका लागि हप्तामा ६ दिन र दिनको दुुई घण्टा कक्षा सञ्चालन गर्नेछन्। पौढ कक्षा सञ्चालनका लागि आवश्यक सामग्री सबै गाउँपालिकामा आइसकेको र कक्षा सञ्चालनअघि नै ती सामग्री सहजकर्ताले दिएर गाउँमा पठाइनेछ।

अब सिमकोट गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न फागुन महिनासम्म प्रौढ कक्षा सञ्चालन हुनेछन् भने चैत महिनामा आठ वटै वडालाई साक्षर वडा घोषित गर्ने कार्यक्रम तय भएको छ।

०८० सालको वैशाख महिनाको दोस्रो हप्ताभित्र सिमकोटलाई साक्षर गाउँपालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। सिमकोट गाउँपालिकाको हाल साक्षरता दर ७५ प्रतिशत छ। साक्षर घोषणा गर्न ९५ प्रतिशत १५ देखि ६० वर्ष उमेर समूहका नागरिक साक्षर भएको हुनुुपर्छ।

अभिमुखीकरण कार्यक्रममा कावा अध्यक्ष नन्द रावतले सहजकर्ताले इमानदारीसाथ कक्षा सञ्चालन गर्न आग्रह गरे। त्यसैगरी, सामाजिक विकास समितिका संयोजक एवं सिमकोट गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष प्रताप लामाले साक्षरता घोषाण गर्ने अभियानलाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहेको बताए।

 

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्