अप्टिकल फाइबर काटिएर एनसेलको सेवा अवरुद्ध

काठमाडौँ- एनसेलले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी क्षेत्रमा बिहीबार अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएकाे उल्लेख गरेकाे छ ।
कम्पनीका मर्मतसम्भार टोली फिल्डमा खटिएकाले चाँडै सेवा सुचारु गर्ने जानकारी एनसेलले दिएको छ।
एनसेल आजियाटाले यसबाट ग्राहकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना पनि गरेको छ।