रवि लामिछाने भन्छन्– पार्टीमा विवाद आएर गज्जब भयो

फाइल तस्बिर

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई गज्जब भएको प्रतिक्रिया दिएका छन्।

बिहिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बढी मत आएकालाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको बताएका हुन्।

लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने,‘मैले नै खबरदारी गर्नुहोला भनेको छु,जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन,कोही आत्तिनुपर्ने पनि छैन।’

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्