जनमत पार्टीबाट समानुपातिक सांसद् बन्ने यी पाँचजना

काठमाडौँ- डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदकाे नाम टुंगो लगाएकाे छ ।

बिहीबार उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जना समानुपातिक सांसदकाे नाम टुंगो लगाएको हो।

उक्त पार्टीले समानुपातिकतर्फ तीन महिलासहित पाँच जनाकाे नाम पठाएकाे हाे ।

पार्टीका तर्फबाट समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने टुंगो लागेकाे हाे ।

उक्त पार्टीबाट प्रत्यक्षतर्फ सप्तरी २ बाट डा.  सिके राउत निर्वाचित भएका छन्।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्