नारायण गाेपालका गीतसंगीत अब ‘नारायण गाेपाल अफिसियल’बाट

?????? ????? ?????? ??? ? ?????????? ????????? ?????? ?????????? ?????? ????? ?????????? ???? ?????? ??????? ?? ?? ??????????? ?????? ??? ????????? ????????? ???????? ??? ?????? ???????? ?????? ? ??????? ??????? ?????, ????

काठमाडौँ- नारायण गोपाल संगीत कोषले स्वर सम्राट नारायण गोपालका गीतहरुका लागि आफ्नै यूट्यूब च्यानल ‘नारायण गोपाल अफिसियल’ सञ्चालनमा ल्याएको छ। उक्त च्यानल सोमबार सञ्चालन सुरु भएकाे हाे ।

नारायण गोपालको ३१औँ स्मृति दिवसको अडियो तथा भिडियो राखेर औपचारिक रुपमा ३२औं स्मृति दिवसममा उक्त च्यानल सञ्चालनमा आएकाे हाे । यस च्यानलमा ३२औँ स्मृति दिवसका क्रममा प्रस्तुत गरिएका स्वर सम्राटमा गीतहरू पनि राखिने कोषले जानकारी दिएकाे छ ।

नारायण गोपालका संसारभरि रहेका शुभचिन्तकहरुलाई उनका गीतसंगीत पुर्‍याउन च्यानल सञ्चालन गरिएकाे काेषले जानकारी दिएकाे छ ।

‘विशेषगरी मंसिर १९ गते संसारभरिबाट थुप्रै शुभचिन्तकहरुले स्वरसम्राट नारायण गोपाललाई विशेष सम्झिरहेका हुन्छन्,‌’ कोषले भनेको छ, ‘त्यसैले नारायण गोपाल सङ्गीत कोषले गर्ने स्मृति दिवस, सम्मान र सांगीतिक कार्यक्रमको भिडियो र अडियो राख्दै जाने अनि यूट्यूबबाट आर्थिक लाभ भएमा यही कोषले संगीत सम्बर्द्धन, प्रबर्द्धन र संगीत शिक्षाका लागि प्रयोग गर्नेछ ।’

हाल कोषमा भायोलिन, चेलो र गायन विषयका कक्षा सञ्चालन भइरहेका छन् ।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्