मर्चेन्ट बैँकिङ संघ अध्यक्षमा श्रेष्ठ चुनिए

काठमाडौँ- नेपाल मर्चेन्ट बैंकर्स संघले अध्यक्ष विजयलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ। श्रेष्ठ सनराइज क्यापिटलमा छन्।

कार्यसमितिमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल उपाध्यक्ष छन्।

एनआइसि एशिया क्यापिटलका रमेन्द्र रायमाझी महासचिव र नबिल इन्भेस्टमेन्ट बैँकिङका मनिषनारायण जोशी काेषाध्यक्ष छन्। नागरिक लगानी काेषका तर्फबाट  नारायणप्रसाद घिमिरे छन् भने प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली सदस्य चुनिएका छन्।

त्यस्तै नेपाल लाइफ क्यापिटलका  नवीन बास्कोटा सदस्य छन्।

एनआइबिएल एस क्यापिटलका मेखबहादुर थापा मानार्थ सदस्य छन्। थापा यसअघि अध्यक्ष थिए।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्