विश्वकै धनीको सूचीमा एलन मस्क पछाडि धकेलिए

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीकाे पहिलो स्थानबाट एलन मस्कलाई  पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले कब्जा जमाएका छन्। फाेर्ब्सको पछिल्लो सूचीले एलन मस्कलाई अर्नाल्टपछि दोस्रो स्थानमा धकेलेकाे हाे ।

पछिल्लो तथ्यांकअनुसार बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर छ । मस्कसँग भने अहिले १८५.४ अर्ब डलर सम्पत्ति छ।

७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका सिइओ हुन् भने ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्स हाँक्छन्। उनले पछिल्लो समय ट्विटर  पनि किनेका छन्।

भारतीय व्यापारी गौतम अदानी १३४.८ अर्ब डलर सम्पत्तिसहित सूचीकाे तेस्रो स्थानमा छन्।

मंसिर २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्