तापक्रम क्रमिक रूपमा घट्दै, सतर्कता अपनाउन आग्रह

काठमाडाैँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

आजकाे दिनमा तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना ‍रहेकाे भएकाेले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाकाे आग्रह छ।

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्