भारतमा विवाह समारोहमा आगलागी हुँदा ५ को मृत्यु, ५५ घाइते

तस्बिर-भारतीय समाचार एजेन्सी एएनआई।

काठमाडौँ–भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार साँझ एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएका भारतीय समाचार एजेन्सी  एएनआईले जनाएको छ। जोधपुरको शेरगढ थाना इलाकामा सिलिन्डर ग्यास फुट्दा दुर्घटना भएको हो। हालसम्म पाँचजनाको मृत्यु भएको र घाईते ५५ जनाको जोधपुरस्थित एक अस्पतालमा उपचार जारी छ।

प्रहरी थाना शेरगढले भारतीय सञ्चार माध्यामलाई दिएको जानकारी अनुसार शेरगढ थाना इलाकामा भुंगरा बस्तीमा एक परिवारमा युवतीको विवाहको कार्यक्रममा चार वटा सिलिन्डर बिस्फोट भएको हो।
प्रहरीका अनुसार अस्पतालमा भर्ना भएका ५५ जनामध्ये २५ जना गम्भीर छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका छन्।

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्