देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

सर्जक तथा गायक देवेन्द्र बब्लु। तस्बिर: सामाजिक सञ्जालबाट साभार।
काठमाडाैँ – सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएकाे छ।
देवेन्द्रकाे अकाउन्ट ह्याक गरेर ह्याकरले क्रिप्टोको प्रचार गरेकाे र साथीहरूसँग पैसासमेत माग्ने गरेकाे पाइएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेपालमा क्रिप्टो करेन्सी प्रतिबन्धित छ। यसकाे काराेवारका साथै प्रचारप्रसारसमेत गर्न पाइँदैन तर, यसकाे प्रचारका लागि देवेन्द्रकाे अकाउन्ट ह्याक भएकाे पाइएकाे हाे।
ह्याकरले पैसा माग्ने तथा साथीहरूलाई विभिन्न किसिमा म्यासेजहरू गरेकाे भन्दै उनले यसबाट सबैसचेत रहन आग्रह गरेका छन्।