जबराविरुद्धको महाभियोग ‘निष्क्रिय’ पत्रमाथिको रिटकाे बहस सकियाे, आदेश लेख्दै न्यायाधीशहरू

काठमाडाैँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिवले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिकाे बहस सकिएकाे छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू: विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संवैधानिक इजलासमा सुरु भएकाे बहस केहीबेरअघिमात्र सकिएकाे हाे।

स्राेतका अनुसार यतिबेला बहस सकिएर न्यायाधीशहरू आदेश लेख्दै छन्।

तत्कालीन समितिले राणाकोसमेत बयान लिएर राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो।

सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग ‘निष्प्रभावी’ भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको हाे।

सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ।

‍जबराले यही मंसिर २८ बाट उमेरहदका कारण अवकाश पाउँदैछन्।

 

 

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्