नेपालमा स्तनपान गराउने आमाको संख्या घटेको घट्यै

काठमाडौँ – विगत साढे दुई दशकमा नेपालमा पूर्ण स्तन पान दर झनै घटेको तथ्याङ्क सार्वजनिक भएको छ।

शुक्रबार नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा पूर्ण स्तनपान दर घटेको तथ्याङ्क सार्वजनिक गरेको हो।

सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने अहिले घटेर ५६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।

नेपालमा पूर्ण स्तनपान सचेतनाका लागि स्तनपान सप्ताह कार्यक्रम देशव्यापी रुपमा मनाइँदै आएको छ।

त्यसैगरी नेपालमा प्रजनन् दर आधाले घटेको तथ्याङ्कले देखाएको छ।

सर्वेक्षणले नेपालमा प्रजनन दर आधाले घटेर २.१ मा झरेको देखाएको छ। सन् १९९६ मा प्रतिमहिला ४.६ बच्चा जन्माउँथे। नेपालमा औसतमा दुई सन्तान हुने गरेका छन्।

सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा गरिएको अध्ययनको प्रमुख सूचकहरुको प्रतिवेदनअनुसार स्वास्थ्यका सूचकमा उल्लेख सुधार आएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ नेपालमा सन् १९९६ पछि गरिएको यो छैठौं जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो।

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्