जेलमा रहेका नेता–कार्यकर्ता रिहा भए सरकारमा सहभागी हुन्छौँः नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ।

शुक्रबार अपराह्न काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो।

पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरु सरकारमा सहभागी भइ राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ।

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्