सडक पिच नगरेको विरोधमा थली बन्द

काठमाडौँ – सडक पिच नगरेको भन्दै थलीबासीले बन्द गराएका छन्।

१० वर्षदेखि निर्माणाधीन सडक बल्लबल्ल पिच गर्ने तयारी गरे पनि भनेको समयमा काम नएको भन्दै स्थानीयले शुक्रबार बन्द गराएका हुन्।

अत्याधिक धुलो उड्दा जनजीवन नै आक्रान्त बनेको छ।

निर्माण कम्पनीले बिहीबारदेखि पिच गर्ने भने पनि नगरेपछि स्थानीय बासी आक्रोशित भएका हुन्।

मंसिर २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्