बाराही हाइड्रोको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

सांकेतिक तस्बिर।

काठमाडौँ – बाराही हाइड्रोपावर कम्पनीले आज आइतबार आइपीओ बाँडफाँट गरेकाे छ।

आइपीओ ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो।

१५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। यसमध्ये ५% अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

नतिजा हेर्ने यस लिङ्कमा क्लिक गर्नूहाेस्:
https://www.niblcapital.com/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

पुस ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्