फोटो फिचर
काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेको छ।
आइतबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो।
समानुपातिकतर्फ प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० समानुपातिक सांसद रहने व्यवस्था छ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुले भने निर्वाचित भएलगत्तै यसअघि नै प्रमाणपत्र पाइसकेका छन्।