सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा नयाँ सरकार गठन, संसदीय दलको नेता चयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। एक–दुई दिनमै संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफै संसदीय दलको नेता बन्ने तयारी गरेका छन्। संस्थापनइतर पक्षबाट भने डा. शेखर कोइराला र महामन्त्री गगन थापाले संसदीय दलको चुनाव लड्ने तयारीमा छन्।

पुस ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्