विश्वकप फुटबल: नाटकिय खेलमा अतिरिक्त समयमा ३-३ गोल भएपछि पेनाल्टी सुटआउटमा

विश्वकप फुटबल अन्तर्गत जारी नाटकिय फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनाएको छ। केलियन एम्बाप्पेले ह्याट्रिक गरेको गरेपछि फ्रान्सले खेलमा ३-३ गोलको बराबरी गरेको हो।

त्यसअघि  लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो। अर्जेन्टिनाका लागि मेसीले १०८ औ मिनेटमा गोल गर्दै खेलमा ३-२ को अग्रता बनाएको थियो। तर  केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पुन फ्रान्सलाई ३-३ गोलमा पुर‍्‍याएका थिए।

त्यसअघि अर्जेन्टिना विरुद्व फ्रान्सले अन्तिम २० मिनेटमा नाटकिय पुनरागमन गर्दै दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। निर्धारित समयमा केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्।

त्यसअघि पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए।

पुस ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्