बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौँ–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले विहीबार सदस्य पदको शपथ लिएपछि शुक्रबार राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै सञ्चार माध्यममा उनको आलोचनासमेत भएको थियाे । पाण्डेले शुक्रबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन्।

पुस ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्