प्रदेश सभा सचिवालयले राप्ती उपत्यका देउखुरीबाट कामकाज थाल्ने

दाङ- प्रदेश सभा सचिवालयकाे सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ ।

मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएकाे प्रदेश सभा सचिवालयकाे सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए।

अबकाे प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यकाे सपथ यहीँ राख्ने याेजना छ।

प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको छ ।

प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । ५ कराेड २० लाखमा प्रदेश सभा भवन तयार भएको हो।

पुस ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्