पूर्व राजा-रानी जनकपुरधाममा, आज जानकी मन्दिरमा पूजापाठ गर्ने

जनकपुरधाम- पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह जनकपुरधाम आएका छन्।

शुक्रबार जनकपुरधाम आएका शाह दम्पती आज जानकी मन्दिरमा विशेष पूजापाठ गर्नेछन्।

पूर्व राजा शाह आज बिहान १० बजे जानकी मन्दिरमा माता जानकीको विशेष पुजापाठ गर्ने कार्यक्रम रहेको छ।

यसअघि शुक्रबार साँझ उनी दैनिक महागंगा आरतीमा सहभागी भएका थिए।

पुस ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्