यी हुन् नयाँ मन्त्रीहरु, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

उपप्रधानमन्त्रीको शपथ लिँदै विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका हुन्।

तीन उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्।

पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरुको जिम्मेवारी पछि तोकिने छ।

पुस ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्