फोटो फिचर
काठमाडाैँ – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।
आज राजधानी काठमाडाैँमा रहेका गुरुङ समुदायले पनि वसन्तपुरदेखि टुडिखेलसम्म सांस्कृतिक प्रद्धशनी गर्दै तमु ल्होसार मनाएका छन्।
आफ्नाे समुदायकाे सांस्कृतिक पहिरनमा सजिएका साे समुदायका मानिसहरूले नाचगान गर्दै राजधानीकाे सडकमा राैनक ल्याएका थिए।
थप तस्बिरहरू: